घुम्दै गाउँ वेसि शहर
छर्दै चेतनाको लहर
गरिव दु:खिको आँगन.
सु:ख दु:ख संगै साटन
हौँ भने हामि शिक्षित
ज्ञान र सिपले दिक्षित
त्यो ज्ञान सिप बाँटौन
दु:खिको दु:ख संग साटौन॥
ज्ञान, सिप, बुद्धिको दान
सवै पुन्यको काम हो जान
राखे पोको पारि मक्किने
बाँडेर कहिलै नसक्किने
ज्ञानोको हु्न्छ जीवन भर
त्यै भएर ज्ञान सिप बाँटौन
दु:खिको दु:ख संग सटौन॥॥