बोल्न मनाही
शख्त मनाही
तिम्रो परिचय ?
खोज्दै आफुलाई
आफै भित्र
अझै चुप पहिले जस्तै
आफनै छाया संगै
सधै साथ साथै
तर अन्धकार निस्पस्त
आफुलाई खोज्दै
कतै अनन्त भित्र
अह बोल्दै नबोली
आफै भित्र गुम्सिदै
आफ्नै ओठ सिलाउदै
खोज्दै आफ्नै शब्द
लखतरान बिचारसंगै
कतै हराउदै
उही चुप चाप