हिमाल पाहाड तराइ,कोहि छैन पराइ
भन्दै
हामि भाइचारामा बाँचेका नेपाली
खै ! कता गयो यो भावना
खोजि मर्यो कहिँ कतै आज पाइदैन ॥
स्वार्थ यति बढिसक्यो, त-तँ, म-म,
तेरो मेरो भन्दा फरक सोच्न छाडि सक्यो,
जन्म दिने माता अनि जन्मभूमि प्यारो भन्थे
यी दुइको तुलनामा अरु केहि हुन्न भन्थे
आज सवै गुमनाम छन्,सामुहिकता र सद्भाव अनि
भाइचारा र हामि हाम्रो भन्ने सवै भाव पनि
नेपाल र नेपालीत्व गुम्ने पो हो कि जस्तो
चिरा चिरा पार्ने नारा आज भयो कति सस्तो
अधिकारको खोजि गर्दा कर्तव्यलाई बिर्सिएको
मुलुक रुँदा ब्यक्ति हाँस्ने कस्तो चलन भित्रिएको
लौ न अव सबले सोचौ देस यो दु:खेको वेला ॥॥