हामि हाम्रो भविष्यको चिन्ता गर्न छाडौँ
देशकै भविष्य संग गाँसिएको छ
स्वार्थि भ्रष्टाचारि र विखण्डनकारिहरुका कारण
मुलुक र मुलुकबासिको भविष्य निसासिएको छ!!
याहाँ जो बसेका छन् देश हाँक्न
गतिविधि हेर्दा लाग्छ जाँदैछन् अप्ठ्यारोमा जाक्न
नव नेपाल निर्माणको जो गरियो कामना
झन जटिल समस्याहरुको गर्नु पर्ने भो सामना!!
न याहाँ पुरानो रह्यो न नयाँ बन्दै छ
“एकता” कालमै हाम्रो स्वाभिमान माथि गडेका गिद्धे दृष्टि
हामि बिचको “विखण्डन”का दिन गन्दै छ!!
कैयौ पटक याहाँ जंगे पिलर ढलेका छन्
सिमा छेउका दाजु-भाईलाई छिमेकिले फलेका छन्
सुस्ता-महेसपुर, मानेभञ्ज्याङ,
वा कालापानीमा हाम्रो स्वाभिमान दु:खेको छ
त्यो दु:खेको स्वाभिमानमा मल्हम लगाउने कुरामा
हाम्रो शासक वर्ग चुकेको छ!!
हिमाल पारिको “विचार” र समुद्र पारिको “दर्शन” बोकेका
घग्डान् “शिद्धान्तकार”हरु याहाँ उदाएका छन्
मुलुक र मुलुकबासिको चेतना र भावनालाई लत्याएर
“विखण्डन” र “विद्वेस” तिर कुदाएका छन्!!
“विखण्डन” पछि “विलय” निश्र्चित छ
समयमै सचेत नहुने हो भने
हामि विच रोपिएको “विग्रह”को “ब्यु” उखेलेर
दरिलो “एकता” भावले सवैलाई नछुने हो भने!!
त्यसैले, क्षेत्रिय जातिय वा धार्मिक दम्भ त्यागौ
मुलुक जोगाउन सवै एक जुट भएर जागौँ
मेचि-कालि गण्डकि, हिमाल-पहाड-तराई
हामि सवैको साझा फूलबारि हो कोहि छैन पराई
हामि सवैको साझा फूलबारि हो कोहि छैन पराई!!