थोरै साथी पागल
अनि थोरै म
संगै मिसाएर पागलपन
घुम्दैफिर्दै
अझ धेरै बटुल्दै
शान्त तलाउमा छाल खोज्दै
मरुभूमिमा हरियाली रोप्दै
चैतलाई मङ्सिर ठान्दै
खहरेलाई थुन्ने प्रयास
सुर्यलाई छेक्ने कोशिष
सुनामी हिमाल पुग्ने आसमा
तर धरातल जहाको त्यही
सधै अपरिवर्तित यथार्त
अभाबका गुन्ताहरु पन्छाउदै
घुम्तीहरु सोझाउन खोज्ने,
नदीलाई कुलो ठाने,
हिमाललाई तराईमा झार्ने,
यस्तै यस्तै चेष्ठा
ओल्टाई पल्टाई गर्दै
सुकाउदै,टक्टकाउदै
ठ्याक्कै दुबो,गुर्दाउली जस्तै
अनो बिहिन हलो
हाली बिहिन गोरु
रोपार बिनाको रोपाइँ
सबै उस्तैउस्तै
सानो प्रयास
असम्भबको पहाड छिचोल्दै
नानाभातिका हतियार
तोप,बारुद भन्दा शक्तिशाली
मात्रै आत्मबिस्वास
प्रकास भन्दा छिटोछरितो
अन्धकारको अन्त्य,लक्ष्य
ज्वालामुखी ओकल्दै,
हामी दुवै यात्रामा
थोरै साथी पागल
अनि थोरै म