मन नभएर नि होईन,
धन नभएर नि होईन तर,
एउटा रहर अधुरो छोडि आछु,
एउटा शहर अधुरो छोडि आछु ।
मर्न नसकेर नि होईन,
मार्न नसकेर नि होईन तर,
एउटा कसर अधुरो छोडि आछु,
एउटा जहर अधुरो छोडि आछु ।
मौका नरहेर नि होईन तर,
एउटा पहर अधुरो छोडि आछु,
एउटा अधर अधुरो छोडि आछु ।
आफ्ना नभएर नि होईन,
सपना नभएर नि होईन तर,
एउटा संसार अधुरो छोडि आछू,
एउटा घर अधुरो छोडि आछू ।
मंजिल नभएर नि होईन,
संगदिल नभएर नि होईन तर,
एउटा डगर अधुरो छोडि आछु,
एउटा सफर अधुरो छोडि आछु ।
मन नभएर नि होईन,
धन नभएर नि होईन तर,
एउटा रहर अधुरो छोडि आछु,
एउटा शहर अधुरो छोडि आछु ।