एउटै छ धर्ती
एउटै छ गगन
उस्तै छ जल
एउटै छ पवन
उस्तै छ बस्ती
उस्तै छ जीवन
एउटै छ चाँदनी
उस्तै छ चमन
तर किन?
यो भिन्न छ
मन खिन्न छ
खोज्दैछु म के?
जादैछु म कहाँ?
त्यो बर छैन
त्यो पिपल छैन
त्यो तलाउ छैन
त्यो हिमाल छैन
त
कसोरी म मानु!!
सबै उस्तै
सबै एउटै
जहाँ म टेक्दैछु
जे म देख्दैछु
त्यो मेरो मुलुक होइन
देश बासी जुलुस होइन
यहाँ भाषा अलग
भिन्न छन खलक
र त
म हुल बाहिर छु
असुल बाहिर छु
यहाँका नागरिक भन्दा
यहाँका संसारिक भन्दा
किनकी
माटोमा देशको आभास भेटिन
बाटोमा घरको आँगन भेटिन
भनौ त हिमाल छैन
त्यो नदी-नाला छैन
त्यो पाखा पखेरु छैन
त्यो पहाड तराइ छैन
छ त केवल
अंकन्टार मरुभुमी
उराठ बातावरण
निरस मौसम
अनी बेग्लै आवरण
बनावती
देखावती
एक नाटक
संसारका बहुरुपी
अनुहार मिसिएको
जहाँ पैसै पैसा बोल्छ
पैसै पैसा फल्छ
बस्.....