त्यो उदाएको सुर्य,
तिम्रो सुभदिन को प्रतिक होला !
मेरो उदासता को सुचक हो,
मेरो म्रित्यु एकदिन नजिकिएको संकेत हो,
त्यो फ़ुलेको कोमल गुलाब को फ़ूल
तिम्रो लागि प्रेमको निसानी होला,
सुंदरताको बहार
तर,
मेरो लागि,
बस मेरो फ़ोटो मा चढाऊने हार हो,
कति फ़रक छ, सोच,
तिम्रो र मेरो,
सुंदर प्रक्रितिको
अनुपम मनमोहकता मांछौ तिमी,
मेरो लागि लोभ्याऊदैन मन
उल्टो बाधा पर्दछ दैनिकी मा !!
कामचोर को बहाना !!
घना जंगलमा तिमी सुंदरता पाऊछौं,
जनावर को स्वरुप देख्छौ
शितलताको आभास,
तर,
बस,
म मर्दा जलाऊने कास्ठ हरूको डंगुर,
नजले मलाई लुछ्ने जनावर
अनि चितामा जल्दाको ताप पाऊछु,
बस यहि फ़रक
आकाशको बादल मा तिमी
सपना देख्दछौ, अस्तित्व
औल्याऊछौ,
अनि डुब्छौ सांसारिक मोहमा,
मलाई गिज्याऊछ,
त्यो बादलले लामो जिब्रो निकालेर,
अनि क्षतबिक्षत बनाऊछ मेरा अंगिकार यथार्थहरू !!
म हारेको मांछे, पिरोलिएको मांछे,
सर्बस्व गुमाएको मांछे,
तर,
तिमी सन्सार जित्ने लक्ष्य बोकेको मांछे,
उमंगमा बहेको मांछे !!
अझ भनौ,
तिमी आदर्शबादी,
म यथार्थबादी !!