भो कति गर्नु, गालिको बर्षा
कोर्दै छन् याहाँ, फुटको धर्षा!!
डलरको खेति, बढेको बढ्यै
युरोको मात, चढेको चढ्यै!!
लाग्यो रे अहो, भारुको झट्टि
खोलेनन् यीन्ले, आखाँको पट्टि!!
नेता मानेको, दास रहेछन्
आदेश सिरोपर, गर्ने भएछन्!!
जनताले ठाने, आफ्नै भनि
किनेछ अर्कैले, ए-एक गनि!!
नबसौँ साथि, डरले कामि!!
भो कति गर्नु, गालिको बर्षा
कोर्दै छन् याहाँ, फुटको धर्षा
कोहि छौकि त, मेटाउने धर्षा!!