गतिछाडाहरुको छाडापन अन्त्य होस
मतिछाडाहरुको मति पनि सुध्रियोस
विकृति र विसंगतिको जो जालो छ
वर्ष सत्तरिमा त्यो सबै नै उध्रियोस॥
मातृभूमि माथिको अनादर नास होस
अनादर गर्नेको चपरि मुनि बास होस
इमानको खेति याहाँ फुलोस फलोस
वर्ष सत्तरि सोझाका लागि खास होस॥
सद्भाव र भाइचारा याहाँ फैलियोस
विभाजनकारिको अनुहार मैलियोस
स्वार्थि तत्वहरुको समुल स्वार्थिपन
वर्ष सत्तरिमा याहाँ सबै वइलियोस॥
कामना छ सबमा सद्बुद्धि पलाओस
विवेक र निष्ठाले दुनिया चलाओस
कायम होस मानिस हुनुको अर्थ याहाँ
वर्ष सत्तरिले सुख-शान्ति फैलाओस॥