आजकल घन्टाघर समय भन्दैन
हरेक घण्टा डाको छोडेर रुने गर्छ
टांग..तांग.. गर्दै धर धरी रुन्छ
भन्छ संबिधान चाहियो चाहियो रे
यो अन्तरिम संबिधान चाहिएन रे
विधिको शासन माग्छ रुदै रुदै
फुलिदै फुलिदैन,कति प्रयास गरे
बरु जान्छु भन्छ बानेस्वर घेर्न
६०१ को झाको झार्छु भन्छ
नागरिक अधिकार स्थापित गर्छु अरे
गुण्डाराज अन्ते गर्न जाउ पनि भन्छ
नेताहरुको टाउको काट्छु भन्छन
घंटाहरुका अक्षर पनि संगै जाने अरे
दिक्क मान्छ बुढो बिल्डिं हेर
लाठि टेक्दै जान्छु भन्छ सिंह दरवार घेर्न
तल पट्टिको छाया घडी तयार पर्दै बस्छ
नेताहरुको टाउकोमा टावाक्क पार्छु भन्छ
धरहरालाइ पनि उतै लग्ने अरे
रानिपोखरी पनी संगै जान्छु भन्छ
त्रिचन्द्रलाइ पनि चुले निम्तो आछ
आजकल घण्टाघर संबिधान माग्छ