गल्ली-गल्ली र चोक-चोकमा ठडिएका छन,
बिभिन्ना मुद्राहरुमा-
पाषणयुगका अवशेषहरुसरि
आफ्ना नवपिडिका कल्पनाहरुमा
बाँध्य भई रतौली खेल्न,
कतै पङ्छीहरुका टेकसा भएर,
स्पेशल क्यालेण्डरका दिनहरुमा
अबिर र माला चढाईने
स्पेशल आकृति भएर,
आफ्नै रक्तबिजका
आयस्रोत भएर,
चुनावका बिशेष दिनहरुमा
आफ्नै माउसुलिका बलिका बोका भएर,
अनि कतै पार्टाईम मूत्रलय भएर ।
जीवितनै आफैदारा सहिद घोषितहरु
ब्यस्त छन संसद र सडकमा मुठ्ठी बजार्न,
भेडा जनता जुदाएर ताली पड्काउन ,
कतै रिबन काट्न,कतै गला काट्न,
बेला-बेलामा नारा बाडि
आफ्नो नाडा कस्न, ग्रहसरि सत्तारुपि सूर्यको परिक्रमा गर्न ।
बिचारा अघोषित सहिदहरु !
कतै दिनभरि रिक्सा तान्छन
र राती लोकल तान्छन,
कतै उब्जनि भन्दा बिऊ बडि लाग्ने खेतमा
दिनभरि हलो तान्छन
र बाँकि समय गरीबीबाट वाक्क भई
मूत्युको हात तान्छन,
कतै प्रबाशी जीवनको पिडाले हताश भई
छुट्टि र भिजाका दिन गन्दै
जीवनरथ तान्छन,
कतै चक र कालोपाटीको भरमा
आधुनिक शिक्षाको वकालत गर्दै
फोक्सोरोग तान्छन ।
जे जसो भएतापनि सहिद हौ
न भा नि बनाईन्छ ,
थाहा छ मलाई
कतै गोरु,कतै गधा,कतै नायक,कतै खलनायक भै,
अरु केहि नतानेनि आफ्ना माउसुलीहरुका लागि
सत्ता तान्छौ,भिड तान्छौ ।
अनि हामीजस्ताका लागि
सपना तान्छौ,
गोली खान सक्ने आट तान्छौ ।