सद्गुणिँ त्यो हो जो दु:खमा नि हाँस्न सक्छ
बिवेकि त्यो हो जो शत्रुसंग नि मित्रता गाँस्न सक्छ
इमानदार त्यो हो जो वचनको पालना गर्न सक्छ
परोपकारि त्यो हो जो अरुको पिडा नि हर्न सक्छ
लिच्चड त्यो हो जो आफुसंग हुदाँ हुदै माग्न सक्छ
कायर त्यो हो जो अप्ठ्यारो पर्ने वित्तिकै भाग्न सक्छ
साहसि त्यो हो जो चुनौतिसंग जुझ्न सक्छ
बुद्धिमान त्यो हो जो अरुको मार्का बुझ्न सक्छ
मुर्ख त्यो हो जो कुरा नबुझि सन्किन सक्छ
कुप मण्डुक त्यो हो जो अरुको कुरा सुनेर मन्किन सक्छ
लोभि त्यो हो जो नबोलाएको भोजमा ऊपस्थिति जनाउन सक्छ
चतुर त्यो हो जो आफ्नो कुरा अरुलाई मनाउन सक्छ
सफल मानिस त्यो हो जो माथिका मद्ये अवगुणँ हटाउन सक्छ !!