हाय...हामि नेपाली ! हाम्रो नियति कस्तो !
काम कुरो निमिट्यान्न भाषण भने सस्तो
विश्वास गरि पठाएका रैछन् विश्वासघाति
आँफै हार्ने ला..-छन् गर्न गोल आत्मघाति॥
ज्ञान-गुन सिप बुद्धि उल्टो चलाउदा छन्
हाय याहाँ जोस-जाँगर सवै गलाउदा छन्
समयको पावन्दिलाई,... मारि सके लात
दिनचर्या यीनको भाछ कड्किनु र पड्किनु
नतिजा सवलाई था'छ मुख्य काम लड्किनु
आज भोलि देख्दा हुदि विना कारण चड्केको
सवैलाई लाग्न थाल्यो दिमाग रैछ सड्केको॥
अव यसको समाधान,...... के गर्दा हुने होला
सवको दिमाग त्यता लगाऊ बोक्न छाडि झोला
उपाय छ अव एउटै मात्र , बाँकि हाम्रा सामु
संघर्शको मैदानमा अव लागौँ सवैजना लाम॥