रंगि-चंगि सपना देखाएर जनता झुक्याउन सक्यो भने
शिद्धान्तको पाठ घोकाएर कार्यकर्ता भुल्याउन सक्यो भने
ब्यबहारमा केहि नगर्दानि नेता हुन पाईने रहेछ
कमिसन जति कुम्ल्याएनि मन्त्रि हुन पाइने रहेछ
भ्रष्टाचार त यीनका लागि योग्यताको कसि भयो
त्यहि भएर मुलुक आज दल-दलमा फस्दै गयो
राजनीति आज याहाँ कमाउ धन्दा भाको छ
सेवा सुन्य व्यापार भने फष्टाउदै गाको छ
खै कता हो सुन्या थियो नयाँ नेपाल बनाउने
के बनाउलान् यस्ताले खै ! जो सधै गन्हाउने
आफन्त र भाई-भतिजा यीनका प्यारा भएकाछन्
साल-जेठान् सालि ज्वाई,लाभका पदमा गएकाछन्
योग्ताको माने छैन दक्षताको छाड कुरा
यीनिहरुबाट अव हुन्न माँग हाम्रो पुरा
मुलुक यदि बनाउने हो साँच्चै नयाँ भने साथि
जुटौ एउटा अभीयानमा मनमोटाव राखि थाँति
जन-जनको मनबाट डर-त्रास भगाउदै
एक सुत्रमा बाँधौ साथि हिमाल पहाड तराई
आखिर हामि सवै नेपाली कोहि छैनौ पराइ
आखिर हामि सवै नेपाली कोहि छैनौ पराई॥॥