उराठिदै छ मन
मनको के कुरा
दुगुर्छ, उफरन्छ
काउकुतीमा जोडीन्छ
दिन रात बोकेर
आँफैं सँग,
कहिले कान्हीं कुर्लन्छ
यो मन्को के कुरा
छण छणमा बौरिन्छ
बिरहमा कुन्जिन्छ,
क्षण्, क्षण् ! पल पल
आफ्नै स्वरमा लहरिन्छ
लतारिन्छ
फ्टकारीन्छ,
दोषका असंख्य भार बोकेर
मिलन मा मुस्काउछ !
के भन्ने ? शव्द रहित, बनी दिन्छ
आकार रहित
निशव्द बनी दिन्छ
नितान्त यक्लो मन
परीद्रिश्यमा उडी रहन्छ
धक धकियर छातीमा, बसी रहन्छ
कहिले बन्द कोठा झै
कहिले खुला हावा झै
उमङमा उडी रहन्छ, यो मन,
हाम्रो मन !