फेरि एकजना पत्रकारको हत्या भएको छ
सवैको मन-मष्तिस्क त्यतै तिर गएको छ
अक्षर र शब्द संग खेल्नेको मन रोएको छ
कलम चलाउनेहरुको ह्रिदयलाई छोएको छ॥
सोचे होलान् हत्याले आवाज छेकिन्छ भनेर
अरु कैयौँ जन्मने छन्,..... यस धर्तिमा गनेर
एक दिन हार्नेछन् बाहुबलको भरमा राज गर्नेले
न्याय पाएको मानिने छ कलम चलाउदा मर्नेले॥