गम्भिर मोडमा उभिएको हाम्रो वर्तमानलाई,
कतातिर मोड्ने हो, अनि के संग जोड्ने हो !
लाग्छ, ईतिहासका रचईता हौँ भन्नेहरु नै
आज रणभुल्लमा छन्,
मेचि-कालि भावनाले जोड्नु पर्ने यो वेलामा
अंशवण्डा लगाउने सम्पति होइन मुलुक भन्ने विर्सिएर
यो साझा फूलवारि भित्र आलि र काँल्ला निर्माण गर्दैछ्न्
तेरो र मेरोको भावना छरपष्ट छर्दैछन्,
आधुनिक, समृद्ध र नयाँ नेपालको नारामा
मातृभूमिको अस्मिता माथि नै धावा बोल्दैछन् !
नारा शिद्धान्त र विचार धेरै छरिए याहाँ,
खोक्रा आश्वासनहरु धेरै बाँडिए याहाँ,
तर भएन आज सम्म भने जस्तो,
कसरि होस त ?
जव मुलुक र जनताको अस्मितानै हुन्छ यति सस्तो !
भन्नै पर्ने भएको छ, देश यसरि बन्दैन,
अनेकतामा होइन एकतामा शक्ति खोज,
नारा, शिद्धान्त र विचार भन्दा पनि
नियत र व्यबहार सफा रोज,
आश्वासनहरुको पहाड ठड्याउने भन्दा पनि
विश्वास आर्जन गर्ने गोरेटो रोज,
अनि मात्र मरेको आश्था, टुटेको विश्वास
अनि फाटेका मनहरुलाई जोड्न सकिने छ॥