हातिबनको रिसोटमा सहमति भएनछ
लाग्छ दिमागबाट अहंकार अझै गएनछ
अब गोकर्ण वा गोदावरितिर जाने होला
२--४ वा ५ लाखको भोज खाने होला !!
खल्तिहरु यीनका टन्न पोटाउने भए
शरिर पनि यीनका टन्न मोटाउने भए
चिनि वा ह्रिदयघातले छोला लाग्दैछ डर
मोटाए पछि यी रोगहरुको हुदैन है भर!!
आखाँ दुखे उपचारमा विदेश जानेहरुलाई
पुरुष सांसदले सुतकेरि औषधी खानेहरुलाई
विदेशी अस्पतालले यीनलाई बोलाउने भयो
स्वदेशी अर्थतन्त्र भने अब झन डोलाउने भयो!!
४०-४१ दिन मात्रै हो अब बाँकि तिम्रो म्याद
त्यस पछि जनताले छाड्दैनन् रहोस याद
अब पनि कला बिहिन नाटक कति देखाउछौ
कलङ्कको ईतिहास तिमि किन लेखाउछौ!!
नसोच जनता सधैँ गुमराहमा रहन्छन्
नचिताउ जनता सधैँ अत्याचार सहन्छन्
यो अन्तिम मौका हो तिम्रो सदुपयोग गर
आग्रह छ नतोड जनताको विश्वास र भर!!