हुनु पर्ने नेपाली हो, पहिचान हाम्रो त्यहि थियो
जात-जातिको लडाईले, लिन सम्म हुर्मत लियो
हिजो सम्म दाजु-भाई, भन्ने गर्थ्यौ काका-बडा
आज सवै हराउदै छ, हुन्छ जातका कुरा कडा!!
राज्य बिना कसैको नि, भोक आज नमर्ने भयो
कुसुण्डा र दलितले, त्यै राज्य नि नपाउने भयो
बाहुन क्षेत्रि शासक रे,राज्य यीन्लाई चाहिन्न रे
ठकुरि दशनामि आदि, यीनले पनि पाइन्न रे!!
नयाँ नेपाल भन्दा भन्दै, कविला तिर जाने भइयो
पाउनेले त शासन गर्लान्, नपाउनेले के छाड्लान्
विदेशिको क्रिडाभूमि, रसातलमा लगि गाड्लान्!!
शान्ति समृद्धि र स्थिरता, नेपालीको चाहना हो
जात-जातिको विबाद याहाँ,यहि भाँड्ने बाहना हो
अनुशासन हिनताबाट,जन्मने छ अधिनायकवाद
फेरि लड्नु पर्ला याहाँ, प्राप्त गर्न लोकतन्त्रवाद!!