जब शितल हावाले कोमल तनलाई छोला
मेरो शन्देश बोकेर आयको सम्झनु होला
छन त संचारका माध्यमहरु बग्रेल्ती छन
अघी बढेर हातहरु वाध्यतामा रोकिन्छन
लेखियका पन्नाहरु भन्दा हरायको प्यारो
हिंडेका गोरेटोहरु आजभोलि लाग्छ बिरानो
तिमी हरायको कबिता जस्तै भयकी छौ
सम्झनामा रुवाउने आखिर तिमी को हौ ?
म भन्न सक्दिन परीभाषा म सित छैन
म मरी सके तिम्रो लागि मरेको फर्कदैन
यदी सम्झनाले तिमीलाई सतायछ भने
मेटाउन सक्छन लाग्छ छोडेर जानेहरुले
जब बगेको खोलामा आवाज सुन्ने छौ
उसैलाई सोध्नु मलाई कती रुवायका छौ ?
छन त संचारका माध्यमहरु बग्रेल्ती छन
तर कसरी बुझ्ने आधार आ-आफ्नै मन
जन्म-मृत्यु एक्लै को आफ्नो को बिरानो ?