जन जनले स्वागत गरे तिमिलाई कति हो कति,
दिनु दिए तिमि वैगुणिलाई, दिन जो सक्ने जति
गलामा लगाइ दिए १०-२०-२५ के.जी. का माला,
ख्याल के रह्यो खै धस्यौ उनकै छातिमा भाला॥
भन्ने गर्थ्यौ हामि हाम्रो कोहि छैन कतै पराइ,
म मेरो भन्ने चीज त छैन कत्ति पनि स्थाइ
काहाँ गए तिम्रा ती हिजका कबुल अनि बाचाहरु,
भाँच्यौ सवै अतितका बोल--कबोलका साँचाहरु॥
गन्हाउने दहीमा भाग्दा मुख गाडि छुचुन्द्रो सरि,
गन्हायौ किन सोचेका छौ के ! जनका मन भरि
कारनामा गर्यौ, कर्तुत गर्यौ, गर्नु नगर्नु गर्यौ,
जाहाँ सक्यौ, जति सक्यौ, सवै आफन्त भर्यौर॥
घोचेका काडाँले भाँति घाउ छन सकल मन भरि
यहि हो त विश्वासको बद्ला पाउने उपहार जनले,
भविश्यमा के देलान खै, तिमीलाई यी दु:खि मनले॥
सक्छौ भने सच्चेर देखाउ, सक्दैनौ मैदान छाड,
बनि विश्वास घाति तिमि, लोकलाई ज्युँदै नगाड
तिम्रो यो विर्ता होइन, आउँछन अरु अघि सरि,
नेता हौ भने राम्रो गर, नत्र जान्छौ झार-पात सरि॥