बसन्तको बेलासंगै खडेरी पनि आउछ
सिमसिम पर्ने पानि संगै बर्षाले भेल ल्याउछ ।
कहिले जुन उदाउछ याहा,कहिले हराउछ
झलमल्लको घामपछि निष्पट्ट अध्यारो छाउछ ।
यो संसार जस्तो भोग्यो त्यस्तै छ,
जीवन भोगाइको परीभाषा जस्तै छ ।
जन्मको खुसि पनि यहि देखिन्छ
मृत्युको दर्ता पनि यहि लेखिन्छ ।
हांसोका फोहरा पनि अबिरल छुट्दछन्
मुटुका भक्काना पनि भक्कानिइ फुट्दछन् ।
यो संसार जस्तो भोग्यो त्यस्तै छ,
जीवन भोगाइको परीभाषा जस्तै छ ।
यता मिलनका क्षणले आनन्द दिइरहन्छ
उता बिछोडको पिडाले मुटु खिइरहन्छ ।
जीवनको आफ्नै ढंगले परीभाषा लाग्छ
रम्नेलाइ रङ्गमञ्च, ब्यथा हुनेले मृत्यु माग्छ ।
यो संसार जस्तो भोग्यो त्यस्तै छ,
जीवन भोगाइको परीभाषा जस्तै छ ।
सिकारीकोलागि पुर्णिमाको जुन आउला
त्यहि क्षंण सिकारकोलागि अंधेरी रात छाउला ।
एकै समयमा पनि अलग अलग जीवन छ
एकै ठांउमा पनि फरक फरक नियति छ ।
यो संसार जस्तो भोग्यो त्यस्तै छ,
जीवन भोगाइको परीभाषा जस्तै छ ।
पुर्णिमाको जुन उदाउदा उमंग लाग्ला
केहि क्षणमै कालो बादलले उसैलाइ ढाक्ला ।
उज्यालो मात्रै होइन यहां अध्यारो पनि छ
सबैलाइ पालो पुगाउन पालो चाहिएको छ ।
यो संसार जस्तो भोग्यो त्यस्तै छ,
जीवन भोगाइको परीभाषा जस्तै छ ।
कुबेरहरुले त्यहि, धनको खात लाउलान्
निरीह सुदामाहरुले नजिकमै दुख पाउलान् ।
यि सबै यहि संसारको परीभाषा हो
लाग्छ हार जितकोलागि खेलीने पाषा हो ।
यो संसार जस्तो भोग्यो त्यस्तै छ,
जीवन भोगाइको परीभाषा जस्तै छ ।
आगो चाहिन्छ तर डढेलो लागिदिन्छ
हावा चाहिन्छ तर हुरी भइ आइदिन्छ ।
खुसिको बेलामा पनि न्याउली रोइदिन्छे
बिरहको बेलामा पनि कोइली गाइदिन्छे ।
यो संसार जस्तो भोग्यो त्यस्तै छ,
जीवन भोगाइको परीभाषा जस्तै छ ।