अतित ,बर्तमान र भबिष्यलाई
शुन्य आकाशको टालोमा
रहरहरुले बेरेर
जिबनलाई तास बनाई
चाहनाहरुले पछार्छु
आसहरुले बजार्छु फाटेको जिबन टालटुल गर्न
सधै आस जाग्छ
'यो हात त मै जित्छु कि !'
जीबन निरन्तर चलिरहन्छ
आस निरन्तर बलिरहन्छ
जीबनको आस
तास बनेर पल्टिरहन्छ , बदलिरहन्छ
जग्गा हारिन्छ
घर हारिन्छ
तर आस हारिदैन
आफै हारिसक्दा पनि
सधै झिनो आसले ब्युताउँछ
आस एउटा मक्किएको त्यान्द्रोमा पनि अडिन्छ
डुब्न लागेको घाममा पनि हुन्छ
त्यहि आसले मन सम्हालिन्छ
र सधै बलिरहन्छ आस
'यो हात त मै जित्छु की !'
अथक अथक
आसहरु जन्मिरहन्छ, चलिरहन्छ
समयले उसलाई अस्थिरपंजर बनाउँछ
तर आस मदैंन
आस टेदैँन
आस अनबरत जन्मिरहन्छ
जन्मलाई सार्थकता दिन
मान्छे पलमा कैयौ चोटि मर्छ
कैयौ चोटि ब्युतिन्छ आसमै
आस मक्किएको टालोमा पनि हुन्छ
सडेको धागोमा पनि हुन्छ
जुठो रोटीमा पनि हुन्छ
हो त्यहि आसहरुले
टालिएको, पालिएको, भरिएको
थोत्रो थोत्रो कुम्लो
त्यहि आसको चोयोले बुनिएको
थोत्रो थोत्रो डोको हो
'मेरो जीवन !'