हिजो अस्ती,
चतुर्दसीको भोलीपल्ट,
वा
परेवाको अघिल्लो दिन,
भनौ
शरीर रङ्गिन भएको दिन
वा
धर्तीभरी रङ्ग पोखिएको दिन
तिमीले फागुपुर्णे मनायौ
तिमीले होली मनायौ,
त्यो भन्दा ठुलो कुरा त!!
चैत्रमा छरिएको बतास जस्तै
होलीका सयौ कबिता कोर्यौ
डोलीका लाखौ सेरहरु कोर्यौ
चोलीका कोटी कोटी बयानले
मुक्तक भन्यौ
म जाँन्दछु ..
तिमीलाई होली थाहा छ
तिमीलाई त्यस्को कबिता थाहा छ
गजल थाहा छ
अनी हो यस्तै यस्तै
अरु थुप्रै थाहा छ
तर
कबिता दिवस कहिले हो??
थाह छ ? शायद,
थाहा छैन !
बर्षभरिमा एक दिन आउने
प्रेम दिवसमा,
रातो गुलाबका
कबिता कोरिए
सेर फुरे,
थोर हैन
धेर फुरे
तर कबिता दिवसमा
न कसैले कबिता कोरे
न कसैले कुनै सेर नै ओकले
कबिता, अनी
कबिता दिवस,
भूगर्भ भित्र नै लाचारी भैरहयो !
कबिता दिवस कसैले मनाउँछ ??
मनाउन पनि किन र ...
यस्को तिथिमिती थाहा छ ??
होस् पनि कि र ...!
उसै त कबि बैरागी हो
उसै त कबि ब्याकुल हो
उसै त कबि गोठाले हो
उसै त कबि प्यासी हो
अनी फेरी,
कबि आँसु हो, जलन हो
बियोग हो, दोषी हो
हो यस्ताहरुको दिनको
हेक्का राखेनौ शायद
कबिता कोरेनौ शायद
गजल लेखेनौ पक्कै
हुँदा हुँदा
कबिता दिवसको शुभकामना
प्रेमदिवसको शुभकामना
र
फागुको शुभकामनाले ओझेल पार्नु
स्वाभाबिकै त हो नि....
म बुझ्दछु ..
म जान्दछु...
तिमी जे गर
मलाई त बैरागी हुनु छ
म त गोठाले न हुँ
गोठालो नै जानु छ
घायल हुन्छु, पायल हुन्छु
क्रान्ती गर्छु, शान्ती ल्याउँछु
अनी बिर्सनेहरुको
हिस्साको खायल हुन्छु
अरुले बिर्सें पनि
कबिता भित्रको कबिता
'स्वीकार ल !'
'कबिता दिवसमा' !!