काहाँ गर्छौ तिम्रो, पेशा र खेति, नेपालै नरहे
२-४लाई दिन्छौ, गर्छौ के भोलि, बाकिँले नसहे ।
गुड्दछ ढुङ्गो, नदिमा हेर, जम्दैन कवै लेउ
साँझ विहान, दुई थरि बोल्छौ, पाईएन केहि भेउ ।
लेकमा फुल्ने, लालि गुराँस, बेसिँमा फुल्दैन
कलह विजन, रोपेर याहाँ, शान्ति बाला झुल्दैन ।
नेपाल देश, सवैको साझा, साझा नै रहन देउ
आ-आफ्नो रिति, रिवाजलाई,फुल्न र फल्न देउ ।
मेचि-कालि,गण्डकि कोसि, सवै नै हो हाम्रो
हिमाल-पहाड, तराई मिलि, बसेका क्या राम्रो ।
रोपेछौ विष, त्यसैको नाममा, मन साह्रै रुदछ ।
काहाँ गर्छौ तिम्रो, पेशा र खेति, नेपालै नरहे
२-४लाई दिन्छौ, गर्छौ के भोलि, बाकिँले नसहे ।