आशा गर्यो निरासा मात्र हात लाग्ने
जोस-जाँगर अनि उमङ्ग सवै भाग्ने
यसतो पाराले खै के समृद्धि आउला
जीवनमा कहिले खुसहालि छाउला !!
यो वा त्यो बहानामा समय घर्किदोछ
आपसि कलह झन-झन पो चर्किदोछ
यसतो पाराले खै के समृद्धि आउला
जीवनमा कहिले खुसहालि छाउला !!
जनतामा जाने म्याउ-म्याउ गरेर
सत्ता भोग गर्ने स्व: खल्ति भरेर
यसतो पाराले खै के समृद्धि आउला
जीवनमा कहिले खुसहालि छाउला !!
खोज्दाछन् शक्ति आपसमा फुटेर
यसतो पाराले खै के समृद्धि आउला
जीवनमा कहिले खुसहालि छाउला !!
कतै देखिन्न राम्रो र शुभ लक्षण
पुग्नु छ पूर्व तर लाग्दाछन् दक्षिण
यसतो पाराले खै के समृद्धि आउला
जीवनमा कहिले खुसहालि छाउला !!
विकृति र विसंगतिले भरेर डोको
हिड्दा छन् बोकि करतुतको पोको
यसतो पाराले खै के समृद्धि आउला
जीवनमा कहिले खुसहालि छाउला !!