कस्तो आउछ के आउछ, भन्ने कुरा हराई सक्यो
आईकन एक दिनको, अनुभब पनि गराई सक्यो ।।
शान्ति समृद्धि र सद्भावको, बनोस है यो नया वर्ष
टुटे-फुटेका मनहरुमा, भरिदेओस उल्लास र हर्ष ।।
रोगिले उपचार पाओस, भोकाले एक पेट खाओस
नानिहरु स्कुल जाउन, नाङ्गाले एक सरो लाओस ।।
मार-काट बन्द होस, चारै दिसा शान्ति छाओस
अन्यायिहरुको नाश हो, पिडितले न्याय पाओस ।।
जतिसुकै अप्ठ्यारा आए पनि, गर्न सकौँ सामना
सामुहिकताको भाव जागोस, यहि हाम्रो कामना ।।