हामि संग हिमाल छ, पाहाड छ, छ तराई पनि
जंगल छ, जडिबुटि छ, छ साथमा पराई पनि
खोला-नाला, ताल तलैया के को कमि छ र !
तर पनि गरिब छौँ केहिको छैन है भर !!
स्वार्थ लोलुप पद लोलुपको सधैँ भरि हालिमुहालि
भ्रष्टाचारि र कमिसनखोरको सधैँ हुने पदबहालि !
प्रकृतिद्वारा दिईएका तर प्रवृत्तिद्वारा ठगिएका
हामि हौँ आफ्नैद्वारा भाग्य खोसि लगिएका !!
विद्युत गृह नदीमा बने पक्कै बत्ति बल्थ्यो होला
के गर्नु खै योजनाले भरिन्छन् दलालहरुका झोला
बाँध-पैनि बाटो-घाटो सवको हालत उस्तै छ
आवश्यकता चुलिएका छन् कार्यान्वयन सुस्तै छ !!
पानी जम्छ सडकमा बटुवा त्यो हिलोले खाने
पानी बग्छ डिल मुनि खेत सुख्खाग्रस्त छन्
के खाएर बाँच्ने हो किसानहरु त्रस्त छन् !!
जौनै ब्यबस्था आएनि ठगिने क्रम जारी छ
कहिले मुक्ति पाईने हो सम्झिदा मन भारि छ
लागौँ मिलेर सव जना अब्यबस्था हटाउन
सकिने छ अबश्यनै सवमा बहार पटाउन !!