निश्पस्ट अँध्यारो कालो रात
उनि म अनि हाम्रो मायालु साथ
नदेखेको धेरै भो ,नभेटेको धेरै भो
खै कहाँ छिन उनि म खोजिरहेछु
उनि हररात मेरै साथमा हुन्थिन पहिले
उनि संगै मात्रै मनका तिता मिठा कुरा हुन्थे
लाग्थ्यो यस्तो जब हाम्रो कुरा हुन्थ्यो
उनि लजाई केहि भन्न खोजे जस्तो
तर आजभोली खै कहाँ गइन उनि मलाई छोडेर
हाम्रो यो धेरै पुरानो मित्रता चटक्क तोडेर
कतै मैले उनको मनपो दुखाए कि
भावनामा अनायासै एक मिठो नाता जोडेर
आशा छ उनि खुसि नै छिन
मलाई अलिकति दुख छ आजभोली
खै उनि कस्ती छिन जान्न सकेको छैन
न सक्छु चिठ्ठी पठाउन
न सक्छु उनीलाई देख्न
खै कस्तो कस्तो पहाड आयो
हामी दुइको चोखो मित्रता छेक्न
अझै आशा गरेको छु
उनको त्यो चोखो अनि पबित्र मित्रता र माया
पुन फर्की आउनेछ एक नया आयाम बनेर
तब म सुम्पिनेछु यो मेरो जोबन उनकै लागि भनेर