माग्नु त धेरै थियो खै माग्नु यहा के
बुद्धको देशमा शान्ति मागु भने,
शान्ति क्षेत्रमै घरीघरी बुद्धको चिहान खनिन्छ ।
न्यायको निम्ति क्रान्ति मागु भने ,
क्रान्तिमा क्रुर स्वार्थ लादिदै छ
सिताको जन्म भुमिमा आदर्श मागु भने
दिन दहाडै अस्मिता लुटिदै छ ।
खै यहाँ के माग्नु र
सभ्यता भुलेकालाई सभ्यता मागु भने
ए बास बस्नै नसकेर सुटुक्क गैसकेछ ।
दुई हात थापि अधिकार मागु भने
त्यो हरेक साझ सुराको प्याला सगै सिद्घीएछ ।
अन्यायले छटपटिदा न्याय मागु भने
न्यायमा नराम्रो खडेरी परेछ ।
खालि सिउदोमा एक चिम्टि सिन्दुर मागु भने
खै पलपल सिउदोहरु उजाडिदैछन् ।
टहुराहरुको लागि साहरा मागु भने
खै के माग्नु यहा सबैका हातहरु रित्तीएका र
मुटुभित्र आत्म बिश्वास सिद्घीएको छ ।
रित्तीएका र सिद्घीएका मनहरुले खै के दिने हुन्
माग्नु त धेरै थियो, तर यहा
सबै दिनेहरु कता गैसकेछन् ।
बाकि माग्ने माग्ने पो रहेछन्
त्यसैले खै के माग्नु यहा
को सँग माग्नु यहा,
माग्नु त धेरै थियो
माग्नु त धेरै थियो...