मान्छेको मानसिकता परिवर्तन गर्ने हो भने
सवैको जीवनमा खुसियालि भर्ने हो भने
छाडौ बन्दुकको गोलि पड्काउन
छाडौ झुठ र जाल-झेलमा लड्काउन
छाडौ निरिह र निमुखालाई चड्काउन
छाडौ समयको पावन्दिलाई घड्काउन
यस्ले त केवल निरासा, कुण्ठा र आक्रोस
मात्र जन्माउने छ।
ईमानको खेति, विश्वासको उत्पादन,
सम भावको वितरण गर्न सिकौँ
यस्ले मानसिकता परिवर्तन गर्ने छ
सवैको जीवनमा खुसियालि भर्ने छ।