किन फेरी निष्ठूरीलाई दोबाटोमा कुरें
तर्किएर हिँडथिन होला, पर्खाउन चाहें
चुंडिएको मालालाई, अल्झाउन खोजेँ
बिर्सिएको यादलाई, सम्झाउन खोजेँ
टाडिएको धेरैभयो, बिस्मृतिले छेक्यो
अतितका स्मृतिलाई, बादलुले ढाक्यो
सम्झिएर रुँदै बस्दा आफ्नो मुटु भाँचे
भाँचिएको मुटुलाई, टुक्रा पारी फ्याँके
आँशु दियो आकाशले, ज्वलन दिने धर्ती
पीडा दियो सम्झनाले, उजाड भो बस्ती
सम्झे सँधै आफ्नै होला, बिर्से अर्कै होला