कुन खोलिको पानि पियौ, बुद्धि तिम्रो बिग्रिएछ
भएभरको विबेक ज्ञान, आज सवै थिग्रिएछ
बनाउने नयाँ नेपाल, नारा तिम्रो कता गयो
थाहा छ के तिमिलाई, देशको हालत के भयो
भत्काउदा हेरिरह्यौ, नयाँ बन्ने आशामा
हरे ! आज बाँचिराछौ, जताततै त्रासमा
गाँस काटि तिमिलाई, पाल्ने गरिव जनता
थाहा छ के ! हालत तिनको, आज तिम्लाई भनत
देश बनाउने युवा हात, कतार अरव जादाँ छन्
यता तिम्रा अनुचर, घुस कमिसन खादाँ छन्
शान्ति अनि संविधान, जनताको चाहना
पुरा गरे बन्ने थियौ, अवश्य माहान
राजनीति आज याहाँ, कमाई धन्दा भाको छ
नीति अनि नैतिकता, घाँस चर्न गाको छ
सुध्र नत्र तिम्रो चिन्तन्, यत्तिकैमा मकिएला
कुन खोलिको पानि पियौ, बुद्धि तिम्रो बिग्रएछ
भएभरको विबेक ज्ञान, आज सवै थिग्रिएछ ॥॥