आज मलाई किन-किन,
आफैँ संग सोध्न मन लागिरहेछ
आफ्नो परिचय जो लाग्छ,
मबाट टाढा-टाढा भागिरहेछ
“म”को परिभाषा विशाल छ,
जान्नेहरु यसै भन्ने गर्छन्
धर्तिमा यो नबुझ्नेहरु,
किरा-फट्याङ्ग्रा सरी भई मर्छन्
आफु आफ्नो ओरि-परि,
सवजनको भलो मात्रै गर्न सके
कुकर्मबाट बचेर सवको
नजरमा हाई-हाई भएरै मर्न सके
सकल जनको दिललाई छुने
यो भन्दा राम्रो “म”को परिभाषा,
अनि परिचय हुनसक्ला र अरु कुनै !