म गरीबी र अभावको असहय पीडा ले कराइ रहेछु,
तर पनि म भित्र संतोष छ;म भित्र मुस्कान छ ।
वेरोजगारी र असाक्षर्ताको मार पनि खेपेकै छु,
तर पनि म भित्र इच्छाशक्ति र पौरख छँदै छ ।
म नातावाद र कृपावादको जड्मा जकडिएको छु,
तर पनि म भित्र भाइचारा र सद्भाव छ ।
म चाप्लुसी र चाकडीको रोग बाट पीडित छु,
तर पनि म भित्र काम र कर्तव्यको वोध छ ।
म छुवाछुत र कुरिति ले कलङ्कीत छु,
तर पनि म भित्र धर्म र संस्कृतिप्रती को आदर छ
म अधिकार र कर्तव्यको खिचातानी मा अल्झेको छु,
तर पनि मभित्र विवेक र कर्तव्यबोध छ ।
तर पनि मसँग मलहमपट्टी ओखतिको कमी छ ।
मेरो टाउकोमा भ्रष्टाचार र अनियमितताको पहाड छ,
तर पनि म भित्र सही र गलतको ठम्याई छ ।
म असुरक्षा र अपराधको महामारी मा फसेको छु
तर पनि मभित्र धैर्यता र भरोसा छ ।
म हत्या र हिंसाको श्रृन्खलामा परेको छु,
तर पनि म भित्र क्षमा र दयाको खानी छँदै छ ।
मेरो मनमा आतङ्क र अराजकताको लहर छ,
तर पनि म भित्र स्थिर्ता र शान्तीको कामना छ ।
म मा दण्डहिनता र कुशासन को पराकाष्ठा छ,
तर पनि म भित्र आशा छ; सहनशीलता छ ।
मेरो आँखा मा सत्य र न्यायको मृत्यु छ,
तर पनि म भित्र आत्मसम्मान छ; दृढता छ ।
मैले शासक र शासितबीचको गहिरो खाडल भरेको छु
तर पनि म भित्र देशभक्ति र स्वाभिमान छ ।
जो सत्तामा पुगे पनि मेरो घरमा अनिष्ट र अव्यवस्था नै छ,
तर पनि म भित्र मतदान र लोकतन्त्रको चाहना छ
म सुन्दर शान्त र बिशाल नेपाल हू
मेरो छातीमा नेपालीको लागि माया छ,शुभकामना छ!!!