म समय हुँ
समय परिर्वरनशिल हुन्छ
तिमीलाई परिबर्तित गर्न
आएको छु
तिमी भित्र भएका
ति क्रोध
ति लोभ,
ति लालच,
ति मोह,
ति अँहकार ले
तिमीहरु अन्धा भएका छौ
बिनाश बनाएका छौ
त्यो मेरो,त्यो तेरो
भागबण्डा लगाएका छौ
काटा काट मारामार
बिखण्डीत ,बिकराल
तिमीलाई परिबर्तित गर्न
आएको छु
त्याग गराउने छु
ति क्रोध
ति लोभ,
ति लालच,
ति मोह,
ति अँहकार
म समय हुँ
तिमीलाई परिबर्तित गर्न
आएको छु
यो दिव्यज्योती
ज्ञानको भण्डारबाट
बन्ने छौ
सुखी,
शान्ती ,
आनन्दित,
प्रेमी,
ज्ञानी,
पुग्ने छौ
सुन्दर शान्त बिशाल
स्वर्गसरी सँसारमा