मलाई चन्द्र-सूर्य सिउरिने शिर चाहियो,
मलाई मेरै निम्ती लड्ने बीर चाहियो ।
कतै बाँध बाधि थुनेका छन,
कतै साध बारी थुनेका छन,
मलाई फैलिएर बग्न दिने तिर चाहियो ।
मरूभूमी समतल होईन,
घुडा गड्ने दलदल होईन,
मलाई लालिगुँराश फूँल्ने आफ्नै भिर चाहियो ।
चोटको निलो रंग होईन,
मलाई शान्ती र प्रगातिको रातो निर चाहियो ।
आ-आफ्नै दूनो नसोजाऊ न,
अब अझै मेरो आत्मा नजलाऊ न,
मलाई आमाको लागि सन्ततीमा पिर चाहियो ।
मलाई चन्द्र सूर्य सिउरिने शिर चाहियो,
मलाई लालिगुँराश फुल्ने आफ्नै भिर चाहियो ।