जनतालाई रुवाएर मस्तिको, हासो हाँस्नेहरु
देशलाई बिर्सिएर बिदेश संग, मायाँ गाँस्नेहरु
खबर्दार ! जुर्मुराउदै छन् याहाँ, देशभक्तहरु
र आउदै छन् तिमिहरुलाई, अब छास्नेहरु!!
युगमा आउने एक दिन माथि, कहर बर्षायौ
कर्तब्यच्युत भई याहाँ हरे!, जनता तर्सायौ
खबर्दार ! जुर्मुराउदै छन् है याहाँ, जनताहरु
जस्लाई तिमिले लड्नका, निम्ति पर्सायौ!!
६०१को त्यो सभामा ८-१०को, हैकम जमायौ
जे का निम्ति गा'थ्यौ छाडि, सत्तामै रमायौ
खबर्दार ! जुर्मुराउदै छन् ति लिप्सा, देख्नेहरु
जस्लाई छलि अकुत धन, तिमिहर्ले कमायौ!!
आफ्नै कारणले तिमि याहाँ, साह्रैनै गन्हायौ
दुर्गन्धको ह्रासमाथि तिमिले, महल बनायौ
खबर्दार ! जुर्मुराउदै छन् दुर्गन्धले, धताकाहरु
खबर्दार ! जुर्मुराउदै छन् याहाँ, देशभक्तहरु
जस्लाई हिजो जालझेलले तिम्रो, हुन मनायौ!!