पहिले जंगलका बाघहरु
केहि खान नपाई
धुरु धुरु रुन्थे ।
ज्यादै ज्यादती गर्थे
जनताहरुले माया लागेर
पुजा गरेर सत्ता सुम्पिदिए
अहिले तिनै बाघहरु
देशकै महाबाघ बन्दै
सिंगो देशकै जनतालाई
चिथोर्न र कोपर्न लाग्दैछन
के गरुन विचरा ! सोझा जनताहरु
अब
आफै ज्यान जोगाउन
जंगल पस्नु पर्ने भैसकेको छ ।
तर समय मौन छ ।