सुन्दर तन र मनको
के कुरा गर्नु
ति सबै आफै बोल्छन
तर उनको नसुनेको
त्यो
कोकिलकण्ठ बोली
सुन्न पाएमा सायद
मेरा मनका चाहना
र भावना अझै
अरु पग्लिने पो
थिए कि ?
जसरी हिमालयका हिउँहरु
प्रचण्ड सुर्यको ज्योतीले
पग्लिए सरी
र ति पग्लिएका
मेरा मनका रहर
र चाहनाले
एक
बैंसालु लहर उत्पन्न गराई
सँधै सँधै उनकै त्यो सुन्दर
र आकर्षित तनमन
मेरै
अंगालोमा बाँधेर
सिंचित गरिरहने थियो कि
र हामी दुबैका
कैयौ बर्ष देखि
प्यासी रहेका
यौन कुण्ठाहरु
माया,
प्रेम, स्पर्सको
र चुम्बनको साउने झरीले
तृप्त हुन्थे कि अनि
हामी दुबैको संसार
एक
सुन्दर फुलबारी बन्ने थियो
तर यसमा मैले एक्लै
आँटेर के गर्ने ?
यदि उनी
चुपचाप र मौन
बस्छिन भने
यो उनको पनि
दायित्व होनी
यदि
उनी मलाई प्रेम गर्छिन भने
उनले पनि आफ्नो
मनको भावना
पोख्नु पर्छ
मेरो सामु अनि पो
हाम्रो सपना साकार हुन्छ
संधैको लागि दुइ ज्यान
एक प्राण बनेर
तर
मेरी अबोलामैया सँधै
लाजको घुम्टो ओढेर
कुमारी दुलही
बनेर बस्छिन
म चाहन्छु
त्यो घुम्टो हटाई
उनीलाई अंगालोमा बेरिरहूँ
तर
म लाचार छु
किनकी त्यो अधिकार मैले
अझै उनि बाटै पाएको छैन
केवल
पर्खाइमा छु, उनकै बातको
उनकै साथको, उनकै रातको,
उनकै मातको उनकै जातको
त्यहि मेरो प्यारो झुपडीमा !!!