म,
मेरो जिन्दगीको गन्तव्यमा पुग्नु छ
त्यसो त ...
यात्राहरु अनगिन्ती गर्नु पर्छ मैले
दुरी लामो छ ।
दिन,हप्ता,महिना अनि वर्ष
ईं सब्को कुरै नगरौं
हजारौं जंघारहरु
अनि
हजारौं शैल र,
हजारौं फेदिहरु
पार गर्दा पनि गन्तव्यमा पुग्ने
कुनै निश्चित छैन
तर त्यहाँ,
अदृश्य बस्तीमा
मलाई कुरेर बसिरहेको छ
मेरो गन्तव्य ।
यहाँ,म भने सपनीमा
खीर खाई रहेको छु
लड्डुको स्वादमा
कट्टुका तुना हल्लाउँदै
रम्दै नाचिरहेको छु,
मेरा बिपनीहरु भने
मेरो कर्तुत देखेर
थकित छन् अनि लाचारी पनि ।
मेरो अनुपस्थिमा
दीर्घनिद्रा तिर
लम्कन लागिरहेको होला
तर म भने
आफै भित्र रमाई रहेको छु,
किन कि -
म त
सपनिको राजा न परें ।