संवेदनहीनताको पराकाष्ठा बोकेर
दौडीरहेछ , मेरो काठमाडौँ
नव अभिजातवर्गको सपना साँचेर
रुम्मलीरहेछ , मेरो काठमाण्डौ
प्रदुषित विचारका सिद्धान्त घोकेर
गफ हाँकीरहेछ , मेरो काठमाडौँ
उज्यालोको लागि मैनबत्ती बालेर
आर्थिक क्रान्ति सोचिरहेछ ,
मेरो काठमाडौँ ...