मेरो मन,
सम्झनाले आकुल व्याकुल भएको मन
सधैँ सम्हालेर राख्न खोज्छु
यसै यसै बरालिन्छ
उडिदिन्छ हावासँगै!
मेरो मन,
कहिले यता लछारिन्छ कहिले उता लछारिन्छ
बर्षायामको सिमलि झैँ
बर्षा, शरद, शिशिर अनि वसन्त
ॠतुसँगै नायाँ पालुवा फेरिए
तर
मेरो मन कहिलै फेरिएन!
मेरो मन,
कयौँ पटक मृत्युलाई जितेर निस्कियो
कैयौँ पिडाको पहाड फोरेर रसायो
तर अफसोच
तिम्रो मनलाई जित्न सकेन
अनि तिम्रो मनभित्र बग्न सकेन!
मेरो मन,
बेँसिमा कुरिरहेछ, जमिरहेछ
छचल्किरहेछ, अनि टिलपिलाई रहेछ
ताल बनेर
कतै तिमि आउँछ्यौ कि भनेर मसँगै समाहित हुनको लागि!
सागरसम्म सँगै सहयात्राको लागि!