मेरो सिंगो खुसि बन्यौ तिमी,
आँखा खुल्योकि टुट्ने
मीठो सपना बन्यौ तिमी,
मेरो पागल प्रित बन्यौ तिमी
शीतको थोपा झै फुट्ने
अतृप्त चाहना बन्यौ तिमी,
मेरो रित्तो बिपना बन्यौ तिमी
आँशु नै आँशुले लेखिएको
वियोगान्त कथा बन्यौ तिमी
अदम्य साहसी प्रेमी बन्यौ तिमी
मुस्कान पलमै बगाई लाने
निर्दई भेल बन्यौ तिमी
मुटुका पर्दामा प्रेमिल नाटक गर्ने
एक अपुर्ब नाटककार बन्यौ तिमी - !