पहिलोपल्ट जब मैले फोन लगाएँ
आउँछु भनेकी छन् बगैंचामा भेट्न
मेरो यो पहिलो भेट हुनेछ
सुन ए ! चिरबीर अनि कोकील चरीहरु
सुन ए ! रुख , झर्झर् पातहरु
सुन ए ! कल्पनाको आकारदिने बादलहरु
सुन ए ! सुगन्धीत खुश्बु पवन
सुन दिलको मेरो पुकार
सुन ए ! सित्तल नीलो आकाश
सुन ए ! सहारा दिने धर्ती आमा
प्रतिक्षा गरिरहेछु म जस्को
रमणीय तलाउमा म सेतो हाँस भएर
पर्खाइमा पानीको तरङ्ग फैलाई तैरिरहेछु
उनी सेतो हँसिनी भएर नभ तलाउमा आउनेछिन्
हामी दुईबाहेक कोही हुने छैनन् यो तलाउमा
आउँदिनन् जबसम्म
मेरो सामु अगाडि उनी
हरदम आत्माको आवाजबाट गाइरहन्छु
एउटा पनि स्वास बाँकी रहेसम्म छातीमा जबसम्म
तबसम्म आवाज दिइरहन्छु
यी फूलहरुसँग नाचेर आवाज दिइरहन्छु
यी पुतलीहरुसँग नाचेर आवाज दिइरहन्छु
मेरी प्रिय...
ओ मेरी प्रिय...
मेरी प्रिय...
ओ मेरी प्रिय रागिनी...