जीवन जिउनको लागि हो
फूल फुल्नको लागि हो
मैले मानें
तर कुनै दिन् मर्नु छ नि
फूल झर्नु छ नि
हैन र?
मात्र एक पटक्
मलाई बहन देउ
कल्पनामा डुब्न देउ
आहा! उ हेरन
म तिम्रो आँगनको बीचभागमा
चिर निद्रामा छु
वरिपरि तिम्रा मेरा आफन्तहरु
रुवाबासी गर्दैछन्
ति भिडहरुमा एक् जोडा
भिजेका परेलीहरु
ओसिला आँखाहरु
मलाई खोज्दैछन्
म खादाहरुको थुप्रोले थिचिन्छु
एउटा सुनौला रङ्गको बास्नादार
खादाले म बेरिन्छु
म सुगन्धित हुन्छु
साँच्चै म अनुभूत गर्छु
आत्मियताको
जब आँगन छेउमा गाडिएको
लुङ्ग्दर फरर गर्दै
एक झोकां हावाले मेरो शरीर छेड्छ
लामाले बजाएको ङ्हाको एकहोरो
ध्वनीले वातावरण अझ कोलाहाल बन्दछ
म भने बन्द आँखा
तिम्रो घरको चोटा, कोठा,बुइँगल चहार्छु
सर्बत्र तिम्रो बास्ना जो छरिएको छ
अब बिस्तारै मेरो लाश बाँधिन्छ
एक लस्कर मेरो पछि पछि हुन्छ
अब बिस्तारै मेरो लाश बाँधिन्छ
एक लस्कर मेरो पछि पछि हुन्छ
तिमी भने होस हराएको यात्रु झै देखिन्छौ
अक्षता र को म्हेन्दोले
मेरो शरीर स्पर्श गराउछौ
अलिक् नजिक् आएर छोईदिए नि हुन्थ्यो
हेर त अब म चिटमाथि छु
म निस्फिक्रीसाथ निदाईरहेकै छु
एक् घुड्को जलले मेरो आँत भिजाउन खोज्दा
कस्तरी तिम्रो हातहरु काँपिरहेछन्
मलाई भने ती हातहरु च्याप्प समाउन मन् लाग्छ
तर म त मरेकी छु
कसरी समातुँ?
भैगो अब अन्तिम पटक्
अग्नी देउ
अनि छिट्टै म मेरो कल्पनाबाट ब्युँतनेछु
तिमीसंगै फुल्न
तिमीसंगै जिउन