मुग्ध थिए मन भित्र भित्रै
कसैले मन मनै चाह्योकि भनि
डुब्दै थिए परेलीका ती सगर भित्रै
उनको विश्वास जितेकी भनि !
बाटो अघि अघि उ हिड्दै थियो
पछि पछी पाईला,म उनको गन्दै थिए
बिस्तारै बिस्तारै सुर्यास्थ हुदै थियो
पछि पछी छाँया,म उनकै खोज्दै थिए !
उ केहि कविता आज कोर्दै थियो
म शब्द उनको बन्दै थिए
उ केहि माया आज खोज्दै थियो
म उनको धड्कन बन्दै थिए !
उ रमाउदै थियो,देखेर कुनै परिवेश
म निहाल्दै थिए,उनको झरेको केश
उ अन्धकारलाई छिचोल्न खोज्दै थियो
उनि हिड्ने बाट़ाभरि,म ताराहरु छर्दै थिए
भाग्य मेरो किन लेख्यो यस्तो
मोति भनि शीतका थोपा टिपे जस्तो
जीवन मेरो किन बन्यो यस्तो
सागरको क्षितिज भित्र जमिन खोजे जस्तो - !!