फुटाऊ र शासन गर, वृटिस साम्राज्यको चाल थियो,
स्वार्थि र लोभि-पापिका लागि, आज काम लाग्ने जाल बन्यो
जात-पात र धर्मका नाममा, समाजलाई फुटाएर
रमित हेर्ने माथि बसि, तल-तल कुटाएर
शिर्सस्थानमा बस्नेहरु, लुटि खान जुटेका छन्
घम्सा घम्सि देखाएर, हाम्रा बुद्धि भुटेका छन्
भईसक्दा नि यीनका कला, हाम्रा सामु पर्दाफास
किन बस्छौँ अझै हामि, यीनिहरुकै गरि आश !
राष्ट्र र राष्ट्रियता, कसैको नि होईन पेवा
बचाऊनलाई मिलि गरौ, दृढता साथ यीनको सेवा
के गर्दा भलो हुन्छ, मन-मनमा गुन्न सके
फाटेका भावनाहरु, एकै ठाऊँमा उन्न सके
स्वार्थि-लोभि विरुद्धको, शंघर्सले आकार लेला
नयाँ नेपाल हेर्ने हाम्रो, सपना नि साकार होला !
मातृभूमि जन्मभूमि, हाम्रो नेपाल कति प्यारो
भोकै राखे पाखण्डिले, सव मिलि हालौँ चारो
समृद्ध र समता मुलक, मुलुक निर्माण गर्ना खातिर
जुटौँ साथि चारैतिर, चलाउँ आफ्ना दिमाग सातिर
दृढता पूर्वक लागौँ सवै, मुलुक बचाऊना खातिर॥॥॥