न मिल्ने गाउन, न सुनाउन मिल्ने
यो कस्तो अनौठो गीत
नलुकाउन सक्ने नदेखाउन मिल्ने
यो कस्तो अनौठो प्रित
कहिले गाउछन् यी ओंठहरु,
सम्झेर उनको माया
कहिले हास्छ्न् यी आँखाहरु
कल्पेर उनको कायाँ
कहिले बहकिन्छ मुटु
सोचेर मनको यो मीत
कहिले तड्पिन्छ मुटु
न बाँसुरीको धून चाहिन्छ
रमाउन उनीसंग
न पुर्णिमाको जून चाहिन्छ
सरमाउँन उनीसंग
जीवननै तरंगीत पार्ने
यो कस्तो अनौठो गुण
जता हेर्र्यो उतै देख्छु
प्रीतिको यो अजम्बरी धुन - !!!